लिभरपुलले जित्यो क्लब विश्वकपको उपाधि

बिएल संवाददाता

काठमाडाैं,पुस ६

 प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको छ।

शनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको हो।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयमा ब्राजिली स्टार रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई उपाधि दिलाए।

उनले खेलको ९९ औं मिनेटमा गोल गरेका थिए।

लिभरपुल क्लब ईतिहासमा पहिलो पटक विश्वकपको च्याम्पियन बनेको हो।

क्लबले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको छ। 

 

प्रकाशित मिति: : 2019-12-22 19:32:20

प्रतिकृया दिनुहोस्