साविक विजेता वायर्न म्युनिखकाे सहज जित

बिएल संवाददाता

काठमाडाै‌ं,पुस ६

साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा वायर्नले वुल्फबर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो। वार्यनको जितमा जोशुआ जिर्क्जीले र सेर्गी गेन्ब्रीले एक एक गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८५ औं मिनेटमा जिर्क्जीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए।

त्यसपछि खेलको ८९ गेन्ब्रीले गोल गर्दै वायर्नलाई २-० को जित दिलाए ।

जितसँगै वायर्नले १७ खेलमा ३३ अंक जोडेको छ। वायर्न लिगको तेस्रो स्थानमा रहेको छ।

वुल्फबर्ग १७ खेलमा २४ अंक जोडेर नवौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-22 19:58:48

प्रतिकृया दिनुहोस्