मेसीको ५०औं गोल

स्पेनिस ला लिगा कल्ब बार्सिलोनाका सुपरस्टार लियोनल मेसीले वर्ष २०१९ लाई सखद् तरिकाले बिदाइ गरेका छन्। मेसीले वर्ष २०१९ मा क्लब र देशका लागि गरी कूल ५० गोलको कोसेढुंगा पूरा गरेका छन्। 

 शनिबार घरेलु मैदान क्याम्प नोउमा खेल्ने क्रममा मेसीले अलाभेसविरुद्ध गोल गरेका थिए, जुन उनका लागि ५०औं गोल थियो। 

यससँगै ३२ वर्षका मेस्सीले आफ्नो करिअर दौरान नवौं पटक एकै वर्षमा ५० गोल पूरा गरेका छन्।

यस वर्ष मेस्सीले कूल ५८ खेलबाट ५० गोल पूरा गरेका हुन्। जसमा उनले अर्जेन्टिनाका लागि ५ गोल गरे भने बार्सिलोनाका लागि ४५ गोल गरे।

त्यस्तै मेसी ला लिगा 'प्लेअर अफ दि मन्थ' पनि चुनिएका छन्।

प्रकाशित मिति: : 2019-12-22 20:14:30

प्रतिकृया दिनुहोस्