लुकाकुको २ गोलमा इन्टरको सहज जित,उक्लियाे शीर्ष स्थानमा

बिएल संवाददाता

काठमाडाैं,पुस ६

 इन्टर मिलानले इटालियन सिरी ए मा जेनोअलाई पराजित गरेको छ। 

शनिबार भएको खेलमा इन्टरले जेनोअलाई ४–० ले पराजित गरेको हो। इन्टरको जितमा रोमेलु लुकाकुको दुई गोल गरे। रोवर्टो गाग्ली एअर्डिनीले र सेबास्टिनो इस्पोसितोले एक एक गोल गरे।  

इन्टरका लागि लुकाकुले ३१ औं मिनेटमा अग्रता दिलाएका थिए।  एअर्डिनीले ३२ औं मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए। 

 इस्पोसितोले ६४ औं मिनेटमा गोल गर्दै अग्रता ३–० मा पुर्याए। यस्तै  ७१ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टर ४–० गोल अन्तरले विजयी भयो। 

यस जितपछि इन्टरले शीर्ष स्थानमा उक्लिएको छ।

जितपछि इन्टरले १७ खेलबाट शीर्ष स्थानको युभेन्ट्स समान ४२ अंक जोडेको छ। युभेन्ट्सले पनि समान खेल खेलेको छ ।

प्रकाशित मिति: : 2019-12-22 21:25:23

प्रतिकृया दिनुहोस्