इंग्ल्याण्डलाई विश्वकप जिताउने मार्टिनकाे निधन

बिएल संवाददाता

काठमाडौं Dec 22, 2019

इंग्ल्याण्डका लागि विश्वकप विजेता खेलाडी मार्टिन पिटर्सको निधन भएको छ। मार्टिनको ७६ वर्षको उमेरमा निधन भएको हो।

१५ वर्षको उमेरमा नै वेस्ट ह्याममा अनुबन्ध भएका पिटर्सले ११ वर्ष क्लबमा बिताएका थिए। त्यसपछि बेलायतको पहिलो २ लाख पाउण्ड पाउने खेलाडी बनेका उनी सन् १९७० मा टोटनह्याममा अनुबन्ध भएका थिए।

उनले युरोपियन कप, यूएएफए कप, दुई वटा लिग कप जितेका थिए। सन् १९८१ मा उनले पाँच वर्ष नोर्विचमा बिताएपछि सेफिल्डमा स्थानान्तरण भएका थिए। 

प्रकाशित मिति: : 2019-12-23 01:06:13

प्रतिकृया दिनुहोस्