इंग्लिस प्रिमियर लिग: वाट्फोर्डसँग युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ।

आइतबार वाट्फोर्डमा घरेलु मैदानमा भएको खेलमा युनाइटेड २–० गोल अन्तरले पराजित भएको हो।

वाट्फोर्डलाई जित दिलाउन इस्माइला सार र ट्रोय डेनीले एक एक गोल गरे।

५० औं मिनेटमा इस्माइलाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५४ औं मिनेटमा डेनीले पेनाल्टीमा गोल गर्दै वाट्फोर्डलाई २–० को जित दिलाए।

युनाइटेडलाई हराएसँगै लिगको पुछारमा रहेको वाट्फोर्डले १८ खेलमा १२ अंक जोडेको छ।

लिगमा युनाइटेडको यो पाँचौ हार हो। हारसँगै आठौं स्थानको युनाइटेडले १८ खेलमा २५ अंक जोडेको छ।

प्रकाशित मिति: : 2019-12-23 10:39:31

प्रतिकृया दिनुहोस्