ए डिभिजन लिग: आर्मी र मनाङ, पुलिस र थ्रीस्टार भिड्दै

सहिद स्मारक ए डिभिजन लिगमा सोमबार दुई खेल हुँदैछन्।  दुबै खेल दशरथ रंगशालामा हुनेछ।

सोमबारको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र पुर्व च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल मध्यान्न १२ बजे हुनेछ।

यस्तै दोस्रो खेलमा अर्को विभागीय नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यसअघि भएको खेलमा मनाङ र आर्मी दुबैले जित दर्ता गराईसकेको छन्।

दुबै टिम शीर्ष स्थानको लागि खेल्नेछन्। यस्तै पुलिस र थ्रीस्टारले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। दुबै टिम पहिलो पटक स्पष्ट तीन अंकको लागि खेल्नेछन्।

प्रकाशित मिति: : 2019-12-23 20:13:47

प्रतिकृया दिनुहोस्