श्रीलंकाविरुद्ध दोस्रो टेस्टमा पाकिस्तानको फराकिलो जित

आईसीसी च्याम्पियनसीप अन्तरगत दोस्रो टेस्टमा पाकिस्तानले श्रीलंकाविरुद्ध २ सय ६३ रनको जित हात पारेको छ। 

पाकिस्तान पहिलो इनिङमा एक सय ९१ रनमै समेटिएको थियो र श्रीलंकाले ८० रनको अग्रता लिएको थियो। तर, दोस्रो इनिङमा पाकिस्तानी अघिल्लो पंक्तिका चार जना ब्याट्सम्यानले लगातार शतक बनाएका थिए।

ओपनिङ जोडी अविद अलि र सान मुसदले २ सय ७८ रनको साझेदारी गरेका थिए। मसुद एक सय ३५ र अली एक सय ७५ रन बनाएर आउट भए। कप्तान अजहर अलीले पनि शतक प्रहार गरे। यसैगरी उत्कृष्ट फर्ममा रहेका बबर आजमले आफ्नो नाममा अर्को शतक थपे।

पाकिस्तानले ३ विकेट क्षतिमा ५ सय ५५ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो। ४ सय ७६ रनको विशाल लक्ष्य लिएर चौथो इनिङमा ब्याटिङ गर्न आएको श्रीलंका २ सय १२ रनमै अलआउट भयो। 

विकेटकिपर निरोशन डिकवेल्लाले ७५ बलमा ६५ रन बनाए। यी दुईबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्। श्रीलंकाले आफ्नो खातामा कुनै रन नथपि पछिल्ला चार विकेट गुमाएको थियो।

पाकिस्तानका साइन अप्रिmदीले पहिलो इनिङमा पाँच विकेट लिएका थिए भने दोस्रो इनिङमा नसिम शाहले पाँच विकेट लिए। यो जितले पाकिस्तानलाई अंक तालिकाको तेस्रो स्थानमा उकालेको छ।

प्रकाशित मिति: : 2019-12-24 01:11:06

प्रतिकृया दिनुहोस्