भुटानकाे पाेष्टमा नेपालकाे आधा दर्जन गाेल

१५ वर्षमुनिको महिला फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा अमिसा कार्कीले ह्याट्रिक पूरा गरिन्। यस्तै प्रिती राईले २ गोल र सुनकली राईले एक गोल गरिन्। भुटानकी डेकी लाजोमले एक गोल फर्काइन्।

खेलको पाँचौं मिनेटमै सुनकलीको गोलमा अग्रता लिएको नेपालका लागि १२ औं मिनेटमा अमिसाले गोल थपिन। १४ औं मिनेटमा भुटानले गोल फर्कायाे। भुटानकाे लागि लाजोमले गाेल गरिन्।  ४४ औं मिनेटमा नेपालका लागि प्रितीले गोल गरेपछि पहिलो हाफ ३–१ को स्थितिमा रह्यो।

त्यसपछि ४८ औं र ५४ औं मिनेटमा लगातार दुई गोल गरेर अमिसाले ह्याट्रिक पूरा गरिन्। ८९ औं मिनेटमा प्रितीले व्यकि्तगत दाेस्राे गोल गर्दै नेपाललाई ६–१ ले जित दिलाइन्।

नेपालले भुटानसँग अर्को मैत्रीपूर्ण खेल बुधबार खेल्नेछ।
 

प्रकाशित मिति: : 2019-12-24 10:25:22

प्रतिकृया दिनुहोस्