मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ।

एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र विभिन्न जिल्लामा हुने २५ प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

एन्फाले निकालेको तालिका अनुसार फागुन १ देखि १० सम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षि गोल्डकप र मकवानपुरमा बाग्मती गोल्डकप हुनेछ।

फागुन ५ देखि १५ सम्म चितवनको राइनो गोल्डकप, फागुन ८ देखि १७ सम्म धरानको बुढासुब्बा गोल्डकप र बुटवलको तिलोत्तमा गोल्डकप हुनेछ।

फागुन ११ देखि २२ सम्म धनगढीमा खप्तड गोल्डकप, फागुन १५ देखि २४ सम्म झापामा झापा गोल्डकप, ईलाममा माइभ्याली गोल्डकप र बाग्लुङमा मेयर कप हुनेछ।

फागुन २२ देखि चैत १ भित्र पोखरामा आहा रारा र सर्लाहीमा राजर्षि जनक, विशाल मेमोरियल गोल्डकप बिरगंज, फागुन २२ देखि चैत ३ सम्म भरतपुरमा चितवन गोल्डकप, नेपालगन्जमा नेपालगन्ज गोल्डकप हुनेछ।

फागुन २९ देखि चैत ८ सम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहबी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्डकप, चैत ६ देखि १५ सम्म सिमरामा सिमरा गोल्डकप हुनेछ।

चैत १३ देखि २२ सम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप र काभ्रेमा काभ्रे गोल्डकप हुनेछ।

यस्तै चैत २० देखि २९ सम्म एन्फा नकआउट प्रतियोगिता काठमाडौंमा हुनेछ।

चैत २७ देखि वैशाख ६ सम्म झापामा मेचीनगर गोल्डकप हुनेछ।

प्रकाशित मिति: : 2019-12-25 05:16:20

प्रतिकृया दिनुहोस्