पोग्बालाई सिरि एमा फर्काउने युभेन्ट्सकाे तयारी

 युभेन्ट्सले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई सिरि एमा फर्काउने तयारी गरेको छ।

ईटालियन च्याम्पियन युभेन्ट्सले पोग्बालाई टुरिन क्लब ल्याउन युनाईटेडसँग छलफल अघि बढाउने तयारी गरेको हो।

युभेन्ट्सले पोग्बाकालागि ५२ मिलियन युरो सहित ईम्री कानलाई युनाईटेड पठाउन सकिने प्रस्ताव तयार परेको छ। तर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले गत सातामात्र पोग्बाले जनवरी विन्डोमा क्लब नछाड्ने बताएका थिए।

ईटालियन एक पत्रिकाका अनुसार पोग्बा सिरि ए क्लब फर्कने विषयमा सकारात्मक छन्।

फ्रान्सका पोग्बाको युनाईटेडसँगको सम्झौता १८ महिनामा सकिदैँछ। सोही कारण नयाँ सम्झौता वा पोग्बा बेच्नुपर्ने दबाब युनाईटेडमाथि छ।

पोग्बा युनाईटेडमा सन् २०१६ को अगस्टमा फर्किएका थिए। उनले ईटालीमा रहँदा सिरि जित्नुका साथै दुई पटक कोपा ईटालियाको उपाधि उचालेका थिए।

तर युनाईटेडमा रहदाँ पोग्बाले मात्र युरोपा लिग र लिग कपको उपाधि उचालेका छन्।
 

प्रकाशित मिति: : 2019-12-25 21:19:43

प्रतिकृया दिनुहोस्