प्रधानसेनापति कपः आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन

 एपीएफ क्लबले सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ ।

भद्रकालीस्थित आर्मी हेडक्वाटरमा बुधबार भएको फाइनलमा आयोजक त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।

एपीएफको जितमा सरु लिम्बु र रेखा पौडेलले एक एक गोल गरिन्।

लिम्बुले खेलको पाँचौ मिनेटमा नै एपीएफलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफ १–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा थप एक गोल गर्यो। 

खेलको ८८ औं  पौडेलले एपीएफका लागि दोस्रो गोल गर्दै विजयी बनाइनन्। 

उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ। उपविजेता आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो।

प्रकाशित मिति: : 2019-12-26 04:45:01

प्रतिकृया दिनुहोस्