ए डिभिजन लिग: एनआरटीकाे दोस्रो जित

न्युरोड टिम एनआरटीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  बुधबार भएको तेस्रो खेलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित एनआरटीले दोस्रो जित निकालेको हो।

१० खेलाडीमा सिमित एनआरटीलाई जित दिलाउन जुनियर निकेनगुए र दर्शन गुरुङले एक एक गोल गरे। च्यासलका अमिर श्रेष्ठले एक गोल फर्काए।

खेलको २३ औं मिनेटमा जुनियर निकेनगुएले हेड गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। खेलको ७२ औं मिनेटमा एनआरटी १० खेलाडीमा सिमित भयो। उसका जोर्डनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। च्यासलका अविशेक लिम्बुलाई फउल गरेपछि जोर्डनले रातो कार्ड पाएका हुन्।

८६ औं मिनेटमा दर्शनले काउन्टरमा गोल गर्दै एनआरटीलाई २(० को अग्रता दिलाए। मध्ये भागबाट बल लगेर उनले च्यासललाई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए।

त्यसपछि खेलको इन्जुरी समयमा अमिरले एक गोल फर्काएपनि च्यासल २–१ ले पराजित भयो।

जितसँगै एनआरटीले ३ खेलमा ४ अंक जोडेको छ। गत सिजन लिगको पुछारमा रहेको कारण  एनआरटीको २ अंक घटेको हो।

च्यासलले पनि ३ खेलमा ४ अंक जोडेको छ।
 

प्रकाशित मिति: : 2019-12-26 07:19:24

प्रतिकृया दिनुहोस्