बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब

स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ।

अष्ट्रेलियाको स्पोर्ट्स मेनेजमेन्ट कम्पनी ‘ग्लोबल स्पोर्ट्स’ ले सार्वजनिक गरेको एक तथ्यांक अनुसार बार्सिलोना विश्वकै धनी क्लब बनेको हो। 

बार्सिलोनाको खेलाडीको औषत तलब १ सय ४७ करोड रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष बार्सिलोनाले ६९०.४ मिलियन युरो कमाई गरेको थियाे।

दोस्रो स्थानमा स्पेनकै रियल मड्रिड रहेको छ। रियलको खेलाडीको वार्षिक तलब १ सय ३२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रियलले ७५०.९ मिलियन युरो कमाई गरेको थियाे।

क्लबको आम्दानीसँग जोडिएको कुनै प्रकारको ऋण तथा खर्चलाई भने यसमा समावेश गरिएको छैन। ब्रान्ड अपिल र एग्रेसिभ प्रोमोसन, प्रायोजक र ब्रोडकास्टिङ नै आम्दानीको प्रमुख आधार हाे।

यसअघि ११ औं स्थानमा रहेकाे इटालियन क्लब युभेन्ट्स याे वर्ष तेस्रो स्थानमा रहेको छ। युभेन्ट्सको खेलाडीका तलब १ सय २० करोड रुपैयाँ रहेको छ।

बास्केटबल क्लब पोर्टल्याण्ड ट्रेल ब्लेजर चौथो स्थानमा छ। क्लबका खेलाडीको औषत तलब १ सय १८ करोड रुपैयाँ छ।

यस्तै सर्वेक्षणले खेलाडीको तलबमा बढी खर्च गर्नेमा इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट समेत रहेको जनाएको छ। यस्तै नेसनल फुटबल लिग (एनफिएल) ले खेलाडीको तलबमा बढी खर्च गर्ने गरेको देखिएको छ।

प्रकाशित मिति: : 2019-12-26 21:10:39

प्रतिकृया दिनुहोस्