ब्राइटनमाथि टोटनह्यामको साघुँरो जित

टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा  ब्राइटनमाथि जित हासिल गरेको छ।  

बिहिबार भएको खेलमा टोटनह्यामले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो। टोटनह्यामको जितमा ह्यारी केन र डेले अलीले एक एक गोल गरेका थिए। त्यस्तै ब्राइटनका लागि एक गोल एडम वेबस्टरले गरेका थिए।  

३७ औं मिनेटमा ब्राइटनले शुरुवाती अग्रता लिएको थियो। उसका लागि वेबस्टरले गोल गरेका थिए।  पहिलो हाफमा १–० गोलको अग्रता लिएपनि ब्राइटनले दोस्रो हाफमा २ गोल खाएको थियो।

 ५३ औं मिनेटमा टोटनह्यामका केनले बराबरी गोल गरे। त्यस्तै ७२औं मिनेटमा अलीले गोल गर्दै सहज जित दिलाए।

 जितसँगै टोटनह्यामले १९ खेलबाट २९ बनाएको छ। ऊ लिगमा पाँचौ स्थानमा उक्लिएको छ। त्यस्तै ब्राइटनको भने १९ खेलमा २० अंक रहेको छ।

प्रकाशित मिति: : 2019-12-27 09:44:17

प्रतिकृया दिनुहोस्