इंग्लिस प्रिमियर लिग: साउथह्याम्पटनसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ।

चेल्सीको मैदानमा बिहिबार राति भएको खेलमा साउथह्याम्पटन २-० गोल अन्तरले विजयी भएको हो। साउथह्याम्पटनकाे जितमा माइकल ओबाफेमी र नाथन रेडमोन्डले एक एक गोल गरे।

१ औं मिनेटमा ओबाफेमीले गोल गर्दै साउथह्याम्पटनलाई १-० को अग्रता दिलाएका थिए। पहिलाे हाफ १–० गाेलकाे अग्रता लिएकाे साउथह्यम्पटनले दाेस्राे हाफमा थप एक गाेल गर्याे। 

 ७३ औं मिनेटमा रेडमोन्डले गोल गर्दै साउथह्याम्पटनलाई २-० को जित दिलाए।

जितसँगै साउथह्याम्पटनले १९ खेलबाट २१ अंक जाेडेकाे छ। यता चेल्सी समान खेलबाट ३२ अंक जाेड्दै लिगकाे चाैंथाे स्थानमा यथावत रहेकाे छ।

प्रकाशित मिति: : 2019-12-27 11:39:03

प्रतिकृया दिनुहोस्