लिभरपुलद्वारा लेस्टर सिटी पराजित

लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत 'बक्सिङ डे' खेलमा लेस्टर सिटीलाई पराजित गरेको छ।  

गएराती सम्पन्न खेलमा लिभरपुलले लेस्टरमाथि ४–० गोल अन्तरको सहज जित हासिल गरेको हो। लिभरपुलको जितमा रोबेर्टो फिर्मिनोले दुई गोल गरे भने जेम्स मिल्नर र ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले एक एक गोल गरे।

खेलको ३१औं मिनेटमा  फिर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा शानदार खेल प्रर्दशन गर्यो। उसले दोस्रो हाफमा थप तीन गोल गर्यो।

खेलको ७१ औं मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। त्यसको ३ मिनेटपछि नै फर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–० मा पुर्याए। यस्तै ७८ औं मिनेटमा अर्नाल्डले गोल गर्दा लिभरपुलले ४–० को सहज जित निकाल्यो।

जितसँगै लिभरपुल यस सिजनमा अहिलेसम्म अपराजित रहेको छ। लिभरपुलले अहिलेसम्म १ खेलमा १ जित र एक बराबरी खेल्दै ५२ अंक जोडेर लिगको शिर्ष स्थानमा कायम रहेको छ। लिभरपुलले दोस्रो स्थानमा रहेको लेस्टरभन्दा एक खेल कम खेल्दै १३ अंकको अग्रता हासिल गरेको छ।

प्रकाशित मिति: : 2019-12-27 20:11:58

प्रतिकृया दिनुहोस्