ए डिभिजन लिग: आर्मी भर्सेज हिमालयन, सरस्वती भर्सेज पुलिस

बिएल संवाददाता

काठमाडाै‌ं

सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार दुईवटा खेल हुँदैछन्।  

मध्याह्न १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा विभागीय क्लब त्रिभुवन आर्मी र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दैछन्। यस्तै दिउँसो तीन बजे दशरथ रंगशालामा सरस्वती युवा क्लब र विभागीय क्लब नेपाल पुलिस खेल्दैछन्।  

तेस्रो चरणको खेल जारी रहँदा आर्मी ३ अंकसहित तालिकाको आठौं स्थानमा छ भने शेर्पा २ अंकसहित १० औं स्थानमा छ।

यो खेलमा आर्मी जित दर्ता गर्दै तालिकाको तेस्रो स्थानमा उक्लने प्रयासमा रहँदा शेर्पा पनि पहिलो पटक तीन अंक लिने प्रयासमा हुने छ। शेर्पाले पछिल्ला दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको छ। यो खेलमा शेर्पा विजयी भए चौथो स्थानमा पुग्ने छ।

 दशरथ रंगशालामा हुने दोस्रो खेलमा पुलिस विजयी भए आठौं स्थानमा पुग्ने छ भने सरस्वती विजयी भए दशौं स्थानमा उक्लने छ।  पुलिस एक अंकसहित तालिकाको ११ औं स्थानमा छ भने सरस्वतीले खाता नै खोल्न सकेको छैन।
 

प्रकाशित मिति: : 2019-12-27 21:30:23

प्रतिकृया दिनुहोस्