ए डिभिजन लिग: आर्मीकाे जितमा भरत र टेकबहादुरकाे गाेल

Photo: ANFA

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो।

आर्मीका लागि कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले एक एक गोल गरे।

५७ औं मिनेटमा कप्तान भरतले चिप गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।

त्यसपछि टेकबहादुरले ६१ औं मिनेटमा गोल गर्दै २–० को जित दिलाए।

जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ। र, आर्मी लिगेको तेस्रो स्थानमा उक्लिएको छ।

शेर्पाले ३ खेलमा २ अंक जोडेको छ। शेर्पा लिगको दशौँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-28 04:01:45

प्रतिकृया दिनुहोस्