ए डिभिजन लिग: पुलिसकाे पहिलाे जित

नेपाल पुलिस क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबलाई पराजित गरेको छ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले सरस्वतीलाई २–० गोल अन्तरले पराजित गरेको हो। पुलिसको जितमा सुमन लामा र भोला सिलवालले एक एक गोल गरे। 

पहिलो हाफको अन्तिम मिनेटमा पुलिसका अन्जन राईले दोहोरो पहेलो कार्ड खादै रातो कार्ड पाएर मैदान छोडेपछि पुलिस क्लब १० खेलाडीमा सिमित भएको थियो।

 ४६औं मिनेटमा सुमनको गोलमा पुलिसले अग्रता लियो। यस्तै ७९ औं मिनेटमा भोलाले गोल गर्दै पुलिसको जित सुनिश्चि गरे। 

जितसँगै २ खेलमा एक हार र एक बराबरीसँगै ४ अंक जोडेको छ।  त्यस्तै सरस्वती युथ क्लबले भने अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ।
 

प्रकाशित मिति: : 2019-12-28 06:35:06

प्रतिकृया दिनुहोस्