ए डिभिजन लिग: थ्रीस्टार र एपीएफ आमने सामने हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तेस्रो चरणको अन्तिम खेल हुँदैछन्। 

ए डिभिजन लिग अन्तर्गत शनिबार थ्रीस्टार र विभागीय क्लब एपीएफ आमने सामने हुने छन्। थ्रीस्टार र एपीएफबीचको खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ।  

थ्री स्टार एपीएफविरुद्ध जित निकाल्दै अपराजित रहने दाउमा हुने छ। थ्रीस्टार शनिबार विजयी भए तालिकाको दोस्रो स्थानमा पुग्ने छ भने बराबरीले एक स्थान मात्रै फाइदा हुने छ।

थ्रीस्टार अहिले छैटौं स्थानमा रहेको छ। उता विभागीय क्लब एपीएफ भने पहिलो जितको खोजीमा हुने छ। अहिलेसम्म एक खेलमा बराबरी मात्रै गर्न सकेको एपीएफ थ्रीस्टारलाई स्तव्ध पार्दै तीन अंक लिने प्रयासमा हुने छ।  

 एपीएफ अहिले १२ औँ स्थानमा छ।  

प्रकाशित मिति: : 2019-12-28 20:44:36

प्रतिकृया दिनुहोस्