ए डिभिजन लिग : थ्रीस्टार दोस्रो स्थानमा उक्लियो

थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई १–० गोलले हराउँदै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको हो।

थ्रीस्टारको जितमा अनन्त तामाङले गरेको एकगोल नै निर्णयाक बन्यो। अनन्तले १५औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिक पासमा उत्कृष्ट हेड गोल गरेका थिए।  

जितसँगै थ्रीस्टारले तीन खेलबाट सात अंक बनाएको छ। शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको समान खेलबाट नौ अंक छ। ६ अंकसहित मच्छिन्द्र तेस्रो स्थानमा छ। दोस्रो हार खेपेको एपीएफको एक अंक छ।

प्रकाशित मिति: : 2019-12-29 07:28:56

प्रतिकृया दिनुहोस्