पुछारको टिम नर्विच सिटीसँग हारबाट जोगियाे टोटेनह्याम

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले पुछारको टिम नर्विच सिटीसँग बराबरी खेलेको छ।

शनिबार राति भएको खेलमा टोटनह्यामले नर्विचसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

खेलमा अग्रता भने घरेलु टोली नर्विचले १८ औं मिनेटमा मारियो रसिसको गोलबाट लिएको थियो। क्रिस्टियन ईरिक्सनले ५५ औ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए।

सर्ज अरिएले ६१ औं मिनेटमा आत्मघाति गोल गरेपछि नर्विचले खेलमा अग्रता बनाएको थियो। तर ह्यारी केनले ८३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई हारबाट जोगाए।

खेलपछि टोटेनहम ३० अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ। नर्विच १३ अंक सहित तालिकाको पुछारमा छ।
 

प्रकाशित मिति: : 2019-12-29 20:15:13

प्रतिकृया दिनुहोस्