आइतबार सुनको मूल्य स्थिर

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ। 

यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।  

चाँदी भने तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो।  

प्रकाशित मिति: : 2019-12-30 00:28:21

प्रतिकृया दिनुहोस्