नर्वेका फरवार्ड अर्लिङ हालाण्ड डर्टमण्डमा अनुबन्ध

 जर्मन क्लब बोरुसिया डर्टमण्डले नर्वेका युवा फरवार्ड अर्लिङ हालाण्डलाई अनुबन्ध गरेको छ।

डर्टमण्डले १९ वर्षीय फरवार्ड हालाण्डलाई अष्ट्रियन क्लब रेड्बुल साल्जबर्गबाट क्लबमा भित्र्याएको हो।

हालाण्डलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले समेत कोशिश गरेको थियो। तर, युनाइटेडलाई पछि पार्दै डर्टमण्ड हालाण्ड अनुबन्ध गर्न सफल भएको हो।

डर्टमण्डले हालाण्डसँग पाँच वर्षे सम्झौता गरेको छ। सम्झौतासँगै हालाण्ड सन् २०२४ सम्म डर्टमण्डमा रहने छन्।
 

प्रकाशित मिति: : 2019-12-30 09:44:52

प्रतिकृया दिनुहोस्