इंग्लिस प्रिमियर लिग: चेल्सीसँग हार्‍यो आर्सनल

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेबो छ।

आर्सनलको घरेलु मैदानमा आइतबार भएको खेलमा चेल्सी १–२ गोलले विजयी भएको हो।

खेलको १२ औं मिनेटमा पियरिक एम्रिक अबुमियाङले आर्सनलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफ १–० ले पछि परेको चेल्सीले खेल उल्टायो।

चेल्सीका लागि खेलको ८३ औं मिनेटमा जोर्गिन्होले बराबरी गोल फर्काए।

त्यसको ४ मिनेट पछि नै अब्राहमले गोल गर्दै चेल्सीलाई १–२ गोल अन्तरले विजयी गराए।


 

प्रकाशित मिति: : 2019-12-30 10:29:49

प्रतिकृया दिनुहोस्