ए डिभिजन लिग: मनाङलाई पन्छ्याउँदै मछिन्द्र शीर्ष स्थानमा  

मछिन्द्र क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ।

एन्फा कम्प्लेक्समा  सोमबार भएको खेलमा न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो।

निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं  मिनेटमा एडिलाजा सोमिडेले निर्णायक गोल गरेका हुन्  ।

जितसँगै मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ। मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ।  

समान अंक भएपनि मनाङ मर्स्याङ्दी क्लब दोस्रो स्थानमा रहेको छ। मनाङले मछिन्द्रभन्दा एक खेल कम खेलेको छ।

४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-31 02:31:21

प्रतिकृया दिनुहोस्