ए डिभिजन लिग: साविक विजेता मनाङ बराबरीमा रोकियाे

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मसर््याङ्दी क्लब बराबरीमा रोकिएको छ।

एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

मनाङको लागि रन्जन बिष्टले ११ औं मिनेटमा एक गोल गरे। तर, दोस्रो हाफमा फ्रेन्ड्स खेलमा फर्कियो। भारतीय खेलाडी उत्तम गुरुङले ६४ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए।

 फ्रेन्ड्ससँग बराबरीमा रोकिएपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ। मनाङले ४ खेलमा १० अंक जोडेको छ।

प्रकाशित मिति: : 2019-12-31 05:56:42

प्रतिकृया दिनुहोस्