बजारमा बुधबार सुनको मूल्य स्थिर

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोहि मूल्यमा कारोबार भएको हो। 

यस्तै तेजावी सुन तोलामा ७३ हजार २०० मा कारोबार भएको छ। 

चाँदी भने बुधबार तोलामा ८९० मा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको थियाे। 


 

प्रकाशित मिति: : 2020-01-02 00:59:00

प्रतिकृया दिनुहोस्