ए डिभिजन लिग: पुलिसकाे दोस्रो जित, उक्लियो पाँचौ स्थानमा

शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ।

बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले संकटा क्लबलाई २–१ ले पराजित गरेको हो।

पुलिसले आत्मघाती गोलबाट अग्रता लिएको थियो। १५ औं मिनेटमा पुलिसका सुमन लामाले हानेको प्रहार संकटाका अमित तामाङले बचाउने क्रममा आफ्नै पोष्टमा गोल भएको थियो।

तर त्यो अग्रता लामो समय टिकेन। १८ औं मिनेटमा उनै अमितले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे। पेनाल्टी एरियामा पुलिसका डिफेण्डरले बल ह्याण्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो।

३३ औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई फेरि अग्रता दिलाए।

पहिलो हाफमा पुलिसले २–१ को अग्रता कायम राख्यो। दोस्रो हाफमा दुवै टिम आक्रामक बने पनि गोल हुन सकेन।  

जितपछि ४ खेलबाट ७ अंक जोड्दै पुलिस पाँचौ स्थानमा उक्लेको छ।  
 

प्रकाशित मिति: : 2020-01-02 02:42:10

प्रतिकृया दिनुहोस्