इंग्लिस प्रिमियर लिग: एस्टन भिल्लासँग बर्नली पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले बर्नलीलाई हराएको छ।

बुधबार भएको खेलमा एस्टन भिल्लाले बर्नलीलाई २-१ गोल अन्तरले हराएको हाे।

एस्टनलाई जित दिलाउन वेस्ली र ग्रेेलिस ज्याकले एक एक गोल गरे । बर्नलीका क्रिस उडले एक गोल फर्काए।

२७ औं मिनेटमा नै एस्टनका वेस्लीले गोल गरे। यस्तै खेलको ४१ औं मिनेटमा एस्टनले अग्रता दोब्बर बनायो। उसका लागि ज्याकले गोल गरेका थिए। 

यस्तै ८० औं मिनेटमा बर्नलीका क्रिस उडले गोल गरेपनि हारबाट जोगाउन सकेनन्।

जितसँगै एस्टनले २१ खेलबाट २१ अंक बनाएको छ। एस्टन लिगको १६ औं स्थानमा रहेको छ। यता पराजित भएको बर्नलीका समान खेलबाट २४ अंक बनाउँदै १४ औं स्थानमा रहेको छ।

 

प्रकाशित मिति: : 2020-01-02 09:54:15

प्रतिकृया दिनुहोस्