ला लिगा: उपाधिकाे दाबेदार रियल शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार मानिएको रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। 

शनिबार गेटाफेको घरेलु मैदानमा भएको खेलमा ३–० को जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लिएको हो। रियलको जितमा राफेल भराने र लुका मोड्रिच एक एक गोल गरे। त्यस्तै एक गाेल भने गेटाफेका डेभिड सोरियाले उपहारमा  दिए।

खेलको ३४ औं मिनेटमा नै सोरियाको आत्मघाति गोलबाट रियलले अग्रता बनायो। पहिलो हाफ ०–१ गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप २ गोल गर्यो।

५३ औं मिनेटमा भरानेले गोल गर्दै अग्रता दोब्बर बनायो। यस्तै खेलको इन्जुरी समयमा मोड्रिचले थप एक गोल गर्दे रियललाई शानदार जित दिलाए।

जितसँगै ४० अंक बनाएको रियल शीर्ष स्थानमा उक्लिएको छ। यता एक खेल कम खेलेको बार्सिलोना ३९ अंकको साथ दोस्रो स्थानमा रहेको छ। बार्सिलोनाले केहि समयपछि इस्पान्योलसँग खेल्दैछ। बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा खेल्न लागेको हो। यो खेल राति१ः४५ बजेबाट सुरु हुनेछ।

पराजित गेटाफे ३० अंक जोडेर सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-05 11:23:15

प्रतिकृया दिनुहोस्