ला लिगा: १० खेलाडीमा सिमित इबरविरुद्ध भालेन्सियाकाे साँघुरो जित

भालेन्सियाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा भालेन्सियाले १० खेलाडीमा सिमित इबरलाई १–० गोल अन्तरले पराजित गरेको हो।

भालेन्सियाको जितमा खेलको २७ औं मिनेटमा म्याक्सी गोमेजले गरेकाे गोल नै  निर्णायक भयाे।

यस्तै ९० औं मिनेटमा पाउल ओलिभिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इबर १० खेलाडीमा समेटिएको थियो।

जितसँगै १९ खेलबाट ३१ अंक जोडेको भालेन्सिया लिगको सातौँ स्थानमा उक्लिएको छ। १९ अंक जोडेको इबर १६ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-05 11:46:37

प्रतिकृया दिनुहोस्