हाजार्डले सुपरकोपा पनि गुमाए

रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्डले सुपरकोपा डी स्पाना गुमाउने भएका छन्।

रियलका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड हाजार्ड अझैसम्म मैदान फर्किन नसकेको जनाएका हुन्। 

‘सुपरकोपा पछिचाहिँ उनी फर्किनेमा म विश्वस्त छु’, उनले भनेका छन्, ‘अब करिब १० दिन उनी आरामका साथ बस्नेछन्।’

हाजार्ड करिब एक महिनाअघि च्याम्पियन्स लिगको खेलमा घाइते हुन पुगेका थिए। सोहि चोटका कारण गएराति स्पेनिस ला लिगा फुटबलमा अन्तर्गत गेटाफेविरुद्ध भएको खेलमा पनि हजार्ड उपस्थित भएका थिएनन्।

उक्त खेलमा रियल गेटाफेलाई उसैको मैदानमा  ३–०ले हराएको थियो।

रियलको जितमा राफेल भराने र लुका मोड्रिच एक एक गोल गरेका थिए।

त्यस्तै एक गोल भने गेटाफेका डेभिड सोरियाले उपहारमा दिएका थिए।

प्रकाशित मिति: : 2020-01-05 12:02:08

प्रतिकृया दिनुहोस्