इब्राहिमोभिकको स्टकहोममा रहेको मूर्ति तोडफोड

एएफपी

कोपेनहेगन

ज्लाटन इब्राहिमोभिकको घरेलु शहर माल्मोमा भएको मूर्ति शनिबार राती तोडफोड भएको स्विडिस प्रहरीले जानकारी दिएको छ। 

स्विडेनका स्टार स्ट्राइकर इब्राहिमोभिकले स्टोकहोमको हाममर्बी क्लबमा लगानी गरेपछि रिसले आगो भएका माल्मो क्लबका समर्थकले कैयौं पल्ट उनको मूर्तिलाई निशाना बनाएका थिए। 

इब्राहिमोभिकको व्यवसायिक फुटबल करिअर माल्मोबाट सुरु भएको थियो। त्यसैले प्रतिद्धन्द्धी क्लबमा पैसा लगानी गरेको भन्दै उनीसँग माल्मोका समर्थक आगो भएका हुन्। 

गत नोभेम्बरमा उनले हाममर्बी क्लबमा लगानी गरेको दिन उनको मूर्तिमा आगजनी गर्नुका साथै रंग पोतिएको थियो। स्टोकहोमस्थित उनको घर अगाडि ‘क्रुसेड’ मा टाङ्गिएको जिससको आकृति बनाएर उनको फोटो झुन्ड्याइएको थियो। यो घटनाको अर्को दिन इब्राहिमोभिकले घृणा फैलाएको भन्दै मुद्धा दायर गरेका थिए। 

अहिलेको घटनामा उनको मूर्ति नै फुटाइएको छ। ‘तोडफोडको मुद्धा दर्ता गरिएको छ,’ प्रहरी प्रवक्ताले बताएका छन्। ‘म बुझन् सक्छु धेरै मानिस ज्लाटनको व्यवहारले क्रृद्ध छन्। तर, मूर्ति तोडफोड गर्नु न्यायोचित होइन। हामीले हाम्रो असन्तुष्टी प्रजातान्त्रिक तरिकाले व्यक्त गर्नुपर्छ,’ माल्मोका उपमेयर फ्रिडा टोलमेयारले भनिन्। 

३८ वर्षीय इब्राहिमोभिक लामो समयपछि पुनः आफ्नो पुरानो क्लब एसी मिलानमा फर्किएका छन्। उनले गत साता ६ महिनाका लागि सिरिया ‘ए’ क्लबसँग अनुबन्ध गरेका थिए।   
 

प्रकाशित मिति: : 2020-01-07 04:38:05

प्रतिकृया दिनुहोस्