चोटले थलिएका पोग्बालाई युभेन्ट्स र रियल मड्रिड लिन तयार !

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना स्टार मिडफिल्डर पल पोग्बाको मूल्य तय गरेको छ।  सन् २०१६ देखि युनाइटेडमा आबद्ध फ्रेन्च स्टार पोग्बाको जनवरी ट्रान्फरका लागि मूल्य तय गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।  

फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सफल २६ वर्षीय पोग्बाले युनाइटेडमा भने उत्कृष्ट खेल खेल्न सकिरहेका छैनन् । त्यसैले उनी कल्ब छाड्ने मनसायमा छन्।

पछिल्लो समय इटालियन क्लबद्वय युभेन्टस र इन्टर मिलानका साथै स्पेनिस क्लब रियल मड्रिडसँग जोडिएका पोग्बाको मूल्य युनाइटेडले १ सय ५० मिलियन पाउण्ड तोकेको छ।

पोग्बाले २०१५ सम्म चार वर्ष इटालियन क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलेका थिए। युभेन्ट्समा आबद्ध हुनुअघि पनि उनी म्यानचेस्टर युनाइटेडमै थिए। त्यसैले पनि उनी युभेन्ट्स नै फर्किने आकंलन गरिन्छ।

 ‘द एक्सप्रेस’को रिपोर्टअनुसार यस पोग्बाका लागि युनाइटेडको कीर्तिमानी मूल्य तोकेको छ। यस महिना पोग्बा किन्न चाहने क्लबले १ सय ५० मिलियन पाउण्ड तिर्नुपर्ने द एक्सप्रेसले जनाएको छ।

पोग्बा डिसेम्बरसम्म मैदानबाहिर नै हुनेछन्। खुट्टामा चोट लागेपछि पोग्बाले सेप्टेम्बरमा आर्सनलविरुद्धको खेल खेलपछि मैदान बाहिर नै रहँदै आएका छन्।  

‘उनलाई पूरै निको हुनका लागि समय चाहिएको छ। आशा गरौं उनी निकै चाँडो निको हुने छन्’, प्रशिक्षक गुनरले भने।

यता युनाइटेडका लिजेण्ड पल स्कोल्सले पोग्बाले क्लब छाडे क्लबलाई असर नगर्ने बताएका छन्।'युनाइटेडले धेरै उत्कृष्ट खेलाडीहरु गुमाईसकेको छ। तर, यसले क्लबलाई असर गर्दैन',। स्कोल्सले भने। रोय केन, डेभिड बेकह्याम, क्रिस्टियानो रोनाल्डो जस्ता उत्कृष्ट खेलाडीले क्लब छाडेका थिए।
 

प्रकाशित मिति: : 2020-01-07 10:34:51

प्रतिकृया दिनुहोस्