रोनाल्डोको ह्याट्रिकसँगै साविक विजेता युभेन्ट्सकाे फराकिलो जित

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा फराकिलो जित निकालेको छ। 

घरेलु मैदानमा सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ६७ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले २-० को अग्रता दिलाए।

खेलको ८१ औं मिनेटमा हिगुईनले गोल गर्दै अग्रता ३–० को बनाए।

यस्तै खेलको ८२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा युभेन्ट्सलाई फराकिलो जित दिलाए।  

जितसँगै लिग लिडर युभेन्ट्सले १८ खेलमा ४५ अंक जोडेको छ। दोस्रो स्थानको इन्टरले ४२ अंक रहेको छ।

पराजित काग्लियारी २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-01-07 11:05:53

प्रतिकृया दिनुहोस्