माने अफ्रिकन वर्ष खेलाडी

बिएल संवाददाता

काठमाडाै‌ं

सेनेगलका फरवार्ड साडियो माने अफ्रिकन प्लेयर अफ दी ईयर घोषित भएका छन्।

२७ बर्षका मानेले लिभरपुलका सहकर्मी तथा ईजिप्टका फरवार्ड मोहमद सलाहा र म्यान्चेष्टर सिटीका फरवार्ड तथा अल्जेरियन विङ्गर रियाद महरेजलाई पछाडी पार्दै अफ्रिकन बर्ष खेलाडी चुनिएका हुन्।

मानेले गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पुरै सिजन सबै प्रतियोगितामा ३० गोल गरेका थिए।

उनले यसै बर्षमात्र १५ गोल गरेका छन्।

यसअघिको दुई संस्करणको अवार्ड भने लिभरपुल स्टार सलाहाले प्राप्त गरेका थिए।

लिभरपुल तथा सेनेगलका पूर्व फरवार्ड एल हदजी डिउफले सन् २००२ मा सो अवार्ड प्राप्त गरेका थिए। डिउफपछि अफ्रिकन बर्ष खेलाडीको अवार्ड पाउने माने सेनेगलका पहिलो खेलाडी हुन्।

महरेजले भने वर्ष गोलको अवार्ड हात पार्न सफल रहे।

उनले अफ्रिकन कपमा अल्जेरियाविरुद्व फ्रिकिकमा गोल गर्दै सेमिफाइनलमा जित दिलाएका थिए। उनको सोही गोल बर्षको उत्कृष्ट गोल बन्न सफल रह्यो।

प्रकाशित मिति: : 2020-01-08 20:31:24

प्रतिकृया दिनुहोस्