ईकार्डीको ह्याट्रिकसँगै पीएसजी फ्रेन्च लिग कपको सेमिफाईनलमा

 पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाईनलमा प्रवेश गरेको छ।

बुधबार राति पीएसजीले १० खेलाडीमा सिमित सेन्ट एटिनलाई ६–१ गोल अन्तरले पाखा लगाएको हो। पीएसजीको जितमा मौरो ईकार्डीको ह्याट्रिक गरे। यस्तै नेयमार र केलियन एम्बाप्पेले एक एक गोल गरे भने सेन्ट एटिनका जेसी मौलिनले एक गोल उपहारमा दिए। योहान काबायीले एक गोल फर्काए।

खेलको दोस्रो मिनेटमै ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। वेस्ले फोफाना ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट एटिन १० खेलाडीमा सिमित बनेको थियो।

३९ औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए।

जेसी मौलिनले ४४ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी पहिलो हाफमा ३–० को अग्रता बनायो।

४९ औं मिनेटमा ईकार्डीले पीएसजीका लागि ब्यक्तिगत दोस्रो गोल गरे। ५७ औ मिनेटमा उनले ह्याट्रिक पुरा गरे।

६७ औ मिनेटमा एम्बाप्पेले पीएसजीलाई ६–० को अग्रता दिलाए।

योहान काबायीले ७१ औं मिनेटमा गोल गरेपनि ६–१ को हार खेप्यो।

पीएसजीको जितसँगै फ्रेन्च कपमा स्टेड रेम्स, लियोन र लिलीले अन्तिम ४ मा स्थान पक्का गरेका छन्।
 

प्रकाशित मिति: : 2020-01-09 20:43:26

प्रतिकृया दिनुहोस्