मारियो बालोटेलीलाई समर्थकहरुले गरे रंगभेदीय दुर्व्यहार

बिएल संवाददाता

काठमाडाै‌ं

खेलका क्रममा रंगभेदी नारा लगाएपछि इटालियन सिरी ए फुटबलले लाजियोलाई दण्ड स्वरुप २० हजार युरो जरिवाना गरेको छ।

ब्रेसियाका फरवार्ड मारियो बालोटेलीलाई समर्थकहरुले रंगभेदीय दुर्व्यहार गरेको भन्दै जरिवाना गरिएको हो।

सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा बालोटेलीलाई लाजियोको समर्थकले बादरको आवाज निकाल्दै जिस्काएका थिए। लाजियोका करिब १५ सय समर्थकले दुर्व्यवहार गरेको भन्दै क्लबविरुद्ध उजुरी परेको छ। फ्यानका कारण क्लबमाथि पनि कडा कारबाही गरिने भएको छ।

उक्त खेलमा लाजियोले पुनरागमन गर्दै २–१ को जित निकालेको थियो।

प्रकाशित मिति: : 2020-01-10 07:05:04

प्रतिकृया दिनुहोस्