केनकाे खुट्टाकाे सल्यक्रिया, चार महिना मैदान बाहिर हुने

इंग्ल्याण्डका कप्तान तथा टोटनह्यामका मुख्य स्ट्राइकर हेरी केनको सल्यक्रिया भएको छ ।

उनलाई बायाँ खुट्टामा मसलको समस्या भएको थियो। जसका कारण उनी मैदान बाहिर रहेका छन । उनको गएराति सल्यकिृया भएको हो। सल्यक्रिया पछि आफ्नो सोसियल मिडियामा फोटो पोष्ट गर्दै उनले सकारात्मक सन्देश लेखेका छन्।

प्रिमियर लिगमा साउथह्याम्टनसँगको खेलका क्रममा उनले खुट्टामा चोट बोकेका थिए।

उनी अस्पतालमा रहेका बेला उनको क्लव टोटनह्यामले लिभरपुलसँग खेलेको थियो । जसमा क्लवले एक शून्यको हार ब्यहोरेको थियो ।

उनको यो चोट निको हुन केही समय लाग्ने भएकाले उनी केही महिनापछि मात्र प्रशिक्षणमा फर्कने बताइएको छ।

प्रकाशित मिति: : 2020-01-12 21:15:25

प्रतिकृया दिनुहोस्