थ्रीस्टार क्लबलाई हराउँदै फ्रेन्ड्स क्लबले निकाल्यो लिगमा पहिलो जित

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत उपाधिको दाबेदार थ्रीस्टार क्लबलाई हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ।

आइतबार सम्पन्न खेलमा फ्रेन्ड्सले थ्रीस्टारलाई १-० गोल अन्तरले हराएको हो।

फ्रेन्ड्स क्लबको जितमा विदेशी खेलाडी वागनर डि कार्मोले गोल गरेका थिए। कार्मोले खेलको १३औ मिनेटमा नै हेडबाट गोल गर्दै फ्रेन्ड्सलाई शुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र फ्रेन्ड्सले महत्वपूर्ण जित हासिल गर्दै ३ अंक बटुल्न सफल भयो ।

फ्रेन्ड्सले लिगमा पहिलो जित हासिल गरेको छ भने ६ खेलमा फ्रेन्ड्सको ५ अंक भएको छ। त्यस्तै थ्रीस्टारको भने ६ खेलमा १० अंक रहेको छ।

प्रकाशित मिति: : 2020-01-13 04:55:25

प्रतिकृया दिनुहोस्