पोखराको पहिचान दिलाउने फोटोग्राफर सुनिल उलक

उनीसँग बिस २००० सालदेखिका पुराना तस्बिरको संगालो रहेको छ। पोखराको एतिहासिक महत्व, यसको वैभव र सांस्कृतिक पाटो पहिल्याउँन भैरव टोलमा खुट्टा नटेकी हुँदैन, कसैले। 

उहिलेको पोखरा कस्तो थियोरु सुनेरभन्दा हेरेर बुझ्ने उपयुक्त स्थान हो, पोखराको पुरानो भैरव टोल। यहि टोलमा बसोबास गर्ने गरेका छन्, सुनिल उलक। जो पोखरामा मात्र नभई देशभरि व्यवसायिक फोटोग्राफरको रुपमा चिनिने गर्छन्। 

उनको परिचय यतिमा मात्र समित छैन। उनी सामाजिक अभियन्ता पनि हुन्। नेपालले हाल भ्रमण वर्ष–२०२० मनाइरहँदा उनी पोखरालाई फोहर मुक्त बनाउन सामाजिक सञ्जालबाट सबैलाई आब्हान गरिरहेका हुन्छन्। यस्तै पोखरामा हुने हरेक सभा–गोष्ठीमा सबैसँग उनको यही अनुरोध हुन्छ। 

उनको मुख्य काम भनेको पुरानो र हालको पोखरालाई तुलनात्मक रुपले समीक्षा गर्ने हो। यसका लागि उनी आफूसँग भएका पुराना फोटोलाई प्रदर्शनीमार्फत उजागर गर्दै नयाँ पुस्तालाई ज्ञान बाढ्छन्। उनले जम्मा पारेको फोटो हेर्न देशभरि छरिएर रहेका नेपाली मात्र होइन, विदेशी पनि पोखरा पुग्ने गरेका छन्। 

उनीसँग बिस २००० सालदेखिका पुराना तस्बिरको संगालो रहेको छ। पोखराको एतिहासिक महत्व, यसको वैभव र सांस्कृतिक पाटो पहिल्याउँन भैरव टोलमा खुट्टा नटेकी हुँदैन, कसैले। 

तस्बिरमा हामी त्यो बेलाको लेकसाइडलाई रारा झैं कञ्चन देख्छाैं। 

पोखराका पुराना बस्ति पराल र खरले छाएका छन्। उनीसँग आजभन्दा ७० वर्ष अगाडिको पोखराको कुरा सुन्दा पनि कथा सुने झैँ लाग्छ। तर, तस्वीर हेरेपछि मान्न कर लाग्छ। 

उ बेला उलकका बुबा पोखराका पहिलो फोटोग्राफर थिए। बुवालगायत उनको परिवार भक्तपुरबाट बसाईं सरेर पोखरा पुगेको थियो। 
पोखरामै व्यवसाय गरेर बसेका उलक लेकसाइडको पुरै भूभागमा खेती गर्ने गरिएको पुरानो तस्वीर देखाउँछन्। 

तस्वीरमा पहिलेको पोखरा शान्त र सुन्दर देखिन्छ। अहिले यो कंक्रिटको शहरमा रुपान्तरण भइसकेको छ। सबैको सुन्दर पोखरा अहिले धमिलो हुँदै गइरहेको छ। यस कुराले भने समाजसेवी उलकको मुटु पोल्ने गर्छ। 
 

प्रकाशित मिति: : 2020-01-14 21:28:48

प्रतिकृया दिनुहोस्