अफ्रिका कप अफ नेसन्सको ३३ औं संस्करण जनवरीमा हुने

बिएल संवाददाता

काठमाडाै‌ं

अफ्रिका कप अफ नेसन्सको ३३ औं संस्करण जनवरीमा हुने भएको छ।

आयोजक क्यामरुनले सन् २०२१ मा आयोजना हुने प्रतियोगिता जनवरी ९ देखि फेब्रुवरी ६ सम्म हुने जनाएको छ। 

यसअघि जुन र जुलाई हुँदै आएको भएपनि प्रतिकुल मौषमको कारण जनवरीमा आयोजना गर्न लागेको क्यामरुनले जनाएको छ।

त्यसअघि सन् २०२० को अफ्रिका कप अफ नेसन्स इजिप्टमा जुन २१ देखि जुलाई १९ सम्म हुँदैछ। यस संस्करणमा २४ टोलीले प्रतिस्पर्धा गर्ने छन्।


 

प्रकाशित मिति: : 2020-01-16 19:39:38

प्रतिकृया दिनुहोस्