सभामुखमा अध्यक्ष दाहालको अडान, दोहोरो चेपुवामा प्रधानमन्त्री ओली

उपसभामुखको दाबीले अध्यक्ष अप्ठेरोमा

फाइल तस्बिर

लामो समयदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सभामुखकाे उम्मेदवार चयन पेचिलो बनिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समझदारी बन्न नसकेका कारणले सभामुख चयन गर्न नसकेको हो। पार्टी एकतापछि भागमा परेको भन्दै  तत्कालीन माओवादी केन्द्रले सभामुखमा दाबी गरेपछि प्रधानमन्त्री ओलीले अफ्ठेरोमा परेका छन्। 

‘ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको पक्षमा अडान लिनुभएको छ। तर, अध्यक्ष दाहाल त्यसको पक्षमा हुनुहुन्न’ नेकपाको पूर्व-माओवादीका एक स्थायी कमिटी सदस्यले थाहाखबरसँग भने, ‘तत्कालीन माओवादीले कुनै पनि हालतमा सभामुख गुमाउने पक्षमा छैन। त्यसको लागि प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा भएका समझदारीलाई सम्झनुपर्छ।’
 

प्रकाशित मिति: : 2020-01-16 22:45:50

प्रतिकृया दिनुहोस्