कोरियाका ४ शिक्षक र ३ नेपाली आरोही अन्नपूर्णको हिम पहिरोमा बेपत्ता

घटना अन्नपूर्ण क्षेत्रको ३ हजार २ सय ३० मिटर उचाईमा बेस क्याम्प नजिकै भएको हो। शुक्रबार राती यहाँ ठूलै हिम पहिरो गएको थियो।

एएफपी

काठमाडौ‌

अन्नपूर्ण हिमाल क्षेत्रमा हिउँ पहिरो जाँदा ३ नेपाली र ४ दक्षिण कोरियालीसहित कूल ४ आरोही शनिबार बेपत्ता भएका छन्।

घटना अन्नपूर्ण क्षेत्रको ३ हजार २ सय ३० मिटर उचाईमा बेस क्याम्प नजिकै भएको हो। शुक्रबार राती यहाँ ठूलै हिम पहिरो गएको थियो।

‘हामी लगातार सम्पर्कमा छौं। ४ कोरियाली र ३ नेपाली सम्पर्कबाहिर भएको खबर आएको छ। उद्धारकर्ताको एउटा टोली राती नै घटनास्थलतर्फ हिडिसकेको छ,’ नेपाल पर्यटन बोर्डकी मिरा ढकालले एएफपीलाई जानकारी दिइन्।

स्थानीय प्रहरी प्रमुख दानबहादुर कार्कीले खराब मौसमका कारण उद्दार कार्यमा ढिलाइ भइरहेको जानकारी दिए। ‘हामी हेलिकोप्टरमा तयारी अवस्थामा बसेका छौं। मौसम अनुकुल हुने वित्तिकै घटनास्थलमा पुग्न सहज हुनेछ,’ उनले भने।

अन्नपूर्ण हिमाल प्राविधिक रूपमा सबैभन्दा अफ्ठेरो हिमाल मानिन्छ। सगरमाथाभन्दा यहाँ मर्नेको संख्या बढी छ।

दक्षिण कोरियाका शिक्षा अधिकारीले नेपालमा गरिब बालबालिकालाई सहयोग गर्दै आइरहेका ४ स्वयमसेवी शिक्षक बेपत्ता भएको बताएको छ।

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले भनेको छ, आपतकालीन उद्दार टोली नेपाल पठाएर बेपत्ता भएका नागरिकका आफन्तलाई यसको जानकारी दिने बताएको छ।

हरेक वर्ष अन्नपूर्ण क्षेत्रमा हजारौंको संख्यामा आरोही आउने गर्छन। सन् २०१४ मा हिम पहिरोमा ४० जनाको निधन भएको थियो। 
 

प्रकाशित मिति: : 2020-01-19 06:06:10

प्रतिकृया दिनुहोस्