इंग्लिस प्रिमियर लिग: शनिबार विभिन्न आठ खेलहरु हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार विभिन्न आठ खेलहरु हुँदैछ।

लिगमा शनिबार साविक विजेता म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, टोटेनह्याम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन्।

साविक विजेता सिटीले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्ने छ। खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ।

दोस्रो स्थानको सिटीले २२ खेलमा ४७ अंक जोडेको छ। सिटी लिभरपुल भन्दा १४ अंकले पछि रहेको छ। त्यसैले आज घरेलु मैदानमा हुने खेलमा सिटीले सहज जित निकाल्दै शीर्ष स्थानमा पुग्न चाहान्छ। आजको खेलमा सिटीले जित हात पारेमा लिभरपुलविरुद्ध दबाब बढाउने छ। 

क्रिस्टल भने घरेलु टोलीलाई स्तब्ध बनाएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ। २९ अंक जोडेको क्रिस्टल नवौं स्थानमा रहेको छ।

यस्तै अर्का खेलमा चेल्सीले न्युकासल युनाइटेडसँग उसैको मैदानमा खेल्नेछ। खेल राति ११ः१५ मा सुरु हुनेछ।

लिगको चौंथो स्थानको चेल्सी जित निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ। चेल्सीले ३९ अंक जोडेको छ भने न्युकासल २६ अंकसहित १३ औं स्थानमा रहेको छ।

आर्सनलले सेफिल्ड युनाइटेडसँग खेल्नेछ। आर्सनलले सेफिल्ड युनाइटेडसँग घरेलु मैदानमा खेल्न लागेको हो। टोटेनहमले वाट्फोर्डसँग उसैको मैदानमा खेल्नेछ।

यस्तै एभर्टनले वेष्ट ह्यामसँग खेल्दा साउथह्याम्पटनले वुल्भ्स, नर्विचले बर्नेमाउथ तथा ब्राइटनले एस्टन भिल्लाको सामना गर्ने छ।

प्रकाशित मिति: : 2020-01-19 07:16:22

प्रतिकृया दिनुहोस्