इंग्लिस प्रिमियर लिग: बराबरीमा राेकियाे टोटेनह्याम

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले बराबरी खेलेको छ।

वाटफोर्डको घरेलु मैदानमा शनिबार साँझ भएको खेलमा टोटेनह्याम गोल रहित बराबरी रोकिएको हो।

वाटफोर्डका ट्रोय डेनीको पेनाल्टी प्रहार असफल बनेपछि टोटेनह्याम हारबाट जोगिएको थियो। 

वाटफोर्डसँग बराबरी खेल्दै टोटेनह्यामले लिगमा अपराजित यात्रालाई ७ खेलमा पुर्याएको छ।

बराबरीसँगै टोटेनह्यामले २३ खेलबाट ३१ अंक जोडेको छ। वाटफोर्ड भने २३ अंक जोड्दै रेलिगेशन जोन भन्दा मात्र दुई स्थानमा माथि छ।

प्रकाशित मिति: : 2020-01-19 09:22:45

प्रतिकृया दिनुहोस्