बलिउड अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते

बलिउड अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते भएकी छन्। आजमीको गाडी मुम्बई भन्दा ६० किमी टाढा कोल्हापुरको नजिक शनिबार दिउसो साढे ३ बजे दुर्घटनामा परेको हो। 

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार आजमी चढेको गाडी ट्रकसँग ठोकिएपछि दुर्घटना भएको हो। घटनामा आजमी चढेको गाडीको ड्राइभर पनि गम्भीर रुपमा घाइते भएका छन् । सो गाडीमा जावेद अख्तर पनि भएपनि उनलाई कुनै चोट नलागेको बताइएको छ।

टाउको र अनुहारमा चोट लागेको आजमीलाई मुम्बईस्थित एमजीएम अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले जनाएका छन्।


 

प्रकाशित मिति: : 2020-01-19 12:11:00

प्रतिकृया दिनुहोस्