पहिलो हाफ: भान डाइककाे गाेलमा लिभरपुललाई अग्रता

इंग्लिस प्रिमियर लिगमा अहिले शीर्ष स्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा भइरहेको छ। 

लिभरपुलको मैदान एनफिल्डमा भइरहेको खेलको पहिलो हाफमा घरेलु टोलीले अग्रता लिएको छ। लिभरपुलका लागि खेलको १४ औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल गरेका हुन्। 

लिगमा अपराजित रहने लिभरपुल एक्लो टिम हो।

२१ खेलमा २० जित र १ बराबरी खेलेको लिभरपुलले ६१ अंक जोडेको छ। लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १३ अंकले अघि रहेको छ । यता लिगको पाँचौं स्थानको युनाइटेडले २२ खेलमा ३४ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-01-20 11:54:37

प्रतिकृया दिनुहोस्